PRINCIPAL'S MESSAGE

श्री हुनैनाथ माध्यमिक विद्यालय कुणी लेकम २ दार्चुलाको स्थापना २०३७ सालमा भए यता विभिन्न आरोह अवरोह चुनौती अवसर अनुकुल र प्रतिकुल परिस्थितिहरुको सामना गर्दै हालको अवस्थामा सम्म ल्याई पुयाउन योगदान गर्नुहने संस्थापक स्व. श्री चन्द्र सिंह खडायत, स्व. श्री मोती राम भट्ट, जग्गा दाता स्व. श्री कृष्ण राज जोशी तथा समाजसेवी स्व. श्री माधव प्रसाद भट्ट देखि लिएर हालसम्म यस संस्थाको प्रगती र उन्नतीको लागि प्रतक्ष परोक्ष रुपमा सहयोग र सद्भाव राख्नुहुने सम्पूर्ण अभिभावक, बुद्धिजिवी नागरिक समाज, पेशाकर्मी, राजनितिकर्मी, भुपू विद्यार्थी समाज, शुभचिन्तक तथा अन्य सम्पूर्णमा हामि समग्रमा विद्यालय परिवार वि.व्य.स., शि.अ.स. र अभिभावकहरु नमन् पुर्वक उच्च सम्मान व्यक्त गर्दै आगामी दिनहरुमा पनि संस्थाको सर्वाङ्गीण विकासमा सहयोग र सल्लाहको अपेक्षा गर्दछौं। हाल यस विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गर्दै तथा प्राविधिक धारतर्फ Pre Diploma in Computer Engineering कक्षा संचालनमा ल्याई प्राविधिक दक्ष जनशक्ति उत्पादन उन्मुख रहेको अवगत गराउन चाहन्छौं । प्रविधिको विकास सगै विद्यालयले पनि अगाडी बढ्नु पर्ने आवश्यकतालाई मनन गर्दै हामी हाम्रो विद्यालयको Web page www.hsskuni.edu.np पनि निर्माण गरि कार्यान्वयनमा रहेको अवगत गराउन पाउँदा अत्यन्त खुसी रहेको अवगत गराउँछौं अन्तमा सकारात्मक सल्लाह सुझाव र पृष्ठपोसणका लागि विद्यालय dपरिवार सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछौं । ।
FACILITIES

निःशुल्क Wi-Fi

पुस्तकालय

खानेपानी

छात्राबास